सिंहदरबारस्थित कार्यालयलाई अपाङ्ग तथा ज्येष्ठ नागरिकमैत्री बनाउने अभियानमा आयोगको सहभागिता ।

सिंहदरबारस्थित कार्यालयलाई अपाङ्ग तथा ज्येष्ठ नागरिकमैत्री बनाउने अभियानमा आयोगको सहभागिता ।
नेपाल सरकारको नीति अनुरूप सिंहदरबारभित्र रहेका सबै मन्त्रालय तथा निकायलाई अपाङ्ग तथा ज्येष्ठ नागरिकमैत्री बनाउने अभियान मिति २०८३ साल असार २४ गते, बुधबार देखि प्रारम्भ भएको छ। उक्त अभियानअन्तर्गत यस आयोगका सचिवबाट बिहान १०:०० बजे ह्वीलचियर सेवाको शुभारम्भ गरी सेवाको नियमित सञ्चालनका लागि सहयोगी कर्मचारी तोकी निरन्तर सेवा उपलब्ध गराइने व्यवस्था गरिएको छ। यसै सन्दर्भमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले समेत नेपाल सरकारको उक्त नीतिलाई कार्यान्वयन गर्दै आयोग परिसरमा ह्वीलचियर सेवा सञ्चालनमा ल्याएको छ। आयोगमा सेवा लिन आउने अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा हिँडडुल गर्न असहज हुने सेवाग्राहीलाई सहज, सम्मानजनक र पहुँचयुक्त सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सबै सेवाग्राहीप्रति समान पहुँच, समावेशिता तथा सेवामैत्री प्रशासनप्रति प्रतिबद्ध रहेको जानकारी गराइन्छ।